काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अफगानिस्तान विरुद्धको महत्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। खेल जिम्बावेको बुलावायो एथलेटिक मैदानमा भइरहेको हो।
चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमका लागि खेल दबाबपूर्ण छ। किनकी यही वर्ष टेस्ट मान्यता प्राप्त अफगानिस्तानका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठको लडाइँ मात्र हुनेछैन। नेपालविरुद्ध जित हात पारे अफगानिस्तानको सुपर सिक्समा पुग्ने झिनो आशा बाँकी रहन्छ।अफगानिस्तान सुरुवाती ३ खेलमा पराजित भएको थियो।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले आज अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।
लाइभका लागि यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।