काठमाडाैं- नेपालका जगन चापागाईं अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुख अर्थात् महासचिवमा चयन भएका छन्। १९० मुलुकमा कार्यरत रेडक्रसको यस तहमा पुग्ने उनी पहिलो नेपाली हुन्।
जेनेभामा मंगलबार बसेको महासंघको कार्यकारी निकायले चापागाईंलाई महासचिव पदमा चयन गरेको हो। इन्जिनियरिङको पढाइ गरेका जगन चितवनका बासिन्दा हुन्।
चापागाईंलाई महासचिवमा चयन गरेपछि रेडक्रसले उनको २५ वर्ष लामो अनुभवको फाइदा आफूहरूलाई हुने बताएको छ। चापागाईंले रेडक्रसको थुप्रै उपल्लो निकायमा काम गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।