काठमाडौ- एथ्लेटिक्स १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन्। उक्त विधामा भारतका सुरेश कुमारले स्वर्ण, श्रीलंकाका शानमुगेस्वरनले रजत जिते।
नेपालका दीपकले दुरी ३०:५०.६ मिनेटमा पूरा गरे। उनी एक सेकेण्डले रजतबाट चुके।
रजत जितेका श्रीलंकाका खेलाडीले दुरी ३०:४९.२० मा पूरा गरेका थिए। स्वर्ण जितेका भारतका खेलाडीले दुरी २९: ३३.६१ मा पूरा गरेका थिए।
१० हजार मिटर दौडमा नै महिलातर्फ हिजो नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।