महोत्तरी- महोत्तरीको बर्दिवासमा पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएकाे छ भने १५ जना घाइते भएका छन्।
बुधबार बिहान भएकाे दुर्घटनामा धनुषाधाम २ का शकुन्तलादवी साह र र्बतनिया महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ।
बाराको गढीमाइ मेला दर्शन गरेर जनकपुर फर्कने क्रममा ना ५ च १२२७ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो। घाइतेकाे महोत्तरी र धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।