नेपाल भर्सेस अफगानिस्तान
स्थान : बुलावायो एथलेटिक, बुलावायो, जिम्बावे
प्रतिस्पर्धा : एकदिवसीय विश्वकप छनोट, म्याच १६
मिति : फागुन २६ गते शनिबार, दिउँसो : १:१५ बजे
काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत शनिबार दिउँसो नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमका लागि खेल दबाबपूर्ण हुने पक्का छ।
किनकी यही वर्ष टेस्ट मान्यता प्राप्त अफगानिस्तानका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठको लडाइँ मात्र हुनेछैन। नेपालविरुद्ध जित हात पारे अफगानिस्तानको सुपर सिक्समा पुग्ने झिनो आशा बाँकी रहन्छ।
अफगानिस्तान सुरुवाती ३ खेलमा पराजित भएको थियो। पहिलो खेलमा स्टकल्यान्डसँग पराजित भएको अफगानिस्तान जिम्बावेविरुद्ध पनि हार्यो। जिम्बावेविरुद्ध अफगानिस्तान केवल २ रनले पराजित भएको थियो।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ। नेपालका कप्तान पारस खड्काले पनि सुपर सिक्समा पुग्ने आशा बाँकी रहेको प्रतिक्रिया दिएका छन्।
मैदानको अवस्था
अफगानिस्तानले बुलावायो मैदानमा दुई खेल खेल्दा दुवै खेलमा हार बेहोरेको छ। यो मैदानमा नेपालले पहिलो पटक खेल्न लागेको हो। त्यसैले मैदानको बारेमा नेपालभन्दा अफगान टिम बढी जानकार छ। अफगानिस्तानविरुद्ध हङकङले २ सय ४१ र बनाएको थियो। जवाफमा अफगानिस्तानले १ सय ९ ५ रन मात्र बनाउन सक्यो। यस्तै अफगानिस्तानले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गरेर २ सय ५० रन कटाएको थियो। यो लक्ष्य स्कटल्यान्डले सहज रुपमा पछ्याएको थियो। शनिबार २९ सेन्टिग्रेड हुने अनुमान गरिएको छ।
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।
अफगानिस्तान टिम
रसिद खान (कप्तान), जाभेद अहमादी, इहसनुल्लाह जानत, नाजीबुल्लाह जार्डान, रहमात शाह, समिउल्लह शेनवारी, नासिर जमल, मोहम्मद नाबी, गुब्लादिन नइब, मुजिव उर रहमान, सराफुद्दिन असरफ, दाउलत जार्डान, सापूर जार्डान, अफ्सर जाजइ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।