काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ। बैठक बुधबार बिहान ९ बजेका लागि बोलाइएको हो।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो। प्रचण्डले कार्यकारी अधिकार पाएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो। बैठकको अध्यक्षता पनि उनैले गर्नेछन्।
प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली यसअघि उपचारका लागि सिंगापुर गएका बेलामा पनि उनले बैठक बोलाएका थिए। अहिले ओली भने अस्पतालमा उपचाररत छन्।
बैठक उपनिर्वाचनको समीक्षाको लागि बोलाइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।