• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

त्यो अङ्गालो : सागमा पदक जितेका एक दर्शक!

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १७, २०७६  २१:२६
1140x725

काठमाडौं- सोहिल महर्जनको एउटा सपना साग खेलकुदमा पूरा भयो। तर उनले पदक जितेका छैनन्। न उनी खेलाडी न त प्रशिक्षक नै। तर पनि खेलको जितले उनको उत्साह यसरी उचालियो मानौँ उनी मैदानमै भिडिँरहेका छन्। 

खेलकुदका सपनाहरु खेलाडीले जति देखेका उनका हृदयनिकटले अझ बढी। ‘पदक जितेका’ सोहिल न खेलाडी न प्रशिक्षक र अफिसियल नै। उनी त करातेको दर्शकदीर्घामा देखिएका एक दर्शक। पदक जित्नुको उनको उत्साहसँग जोडिएकी छिन् कराते खेलाडी सुनिता महर्जन।  

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा करातेको ६८ केजी तौल समूहमुनि प्रतिस्पर्धा गर्न सुनिता रिङमा छिरिन्। दर्शकदीर्घामा तालिको आवाज गुञ्जियो। सबैले चिच्याउन थाले सुनिता.. सुनिता...। यहि स्वरमा स्वर थपिरहेका थिए सोहिल महर्जन। सोहिल महर्जन नाम मात्रले अहिले उनको परिचय पूर्ण देखिँदैन। सोहिल अर्थात् सुनिताका श्रीमान्। 

सुनिताले सुरुमै बंगलादेशकी मोरेम खातुनविरुद्ध १ अंक ल्याइन्। त्यसबेला सोहिलको अनुहार हेर्नलायक थियो। उनी तालि बजाउँदै खुसी भइरहेका थिए। तर जब सुनिताकी प्रतिस्पर्धीले अंक पाउँथिन् सोहिलको मुटु चसक्क हुन्थ्यो। लाग्थ्यो, सुनितालाई लागेको मुक्का सोहिलकै मुटुमा पर्यो।

खातुनलाई १०–२ अंकले पराजित गर्दै सुनिता फाइनलमा प्रवेश गरेपछि सोहिल जुरुक्क उठेर ताली मार्दै हौसला बढाउँछन्। खुसीको मापन त नहोला तर, जति रिङमा सुनिता खुसी देखिन्थिन्, त्योभन्दा बढी खुसी सोहिलको मुहारमा देखिन्थ्यो।

त्यसको १० मिनेटपछि सुरु भएको फाइनलमा सुनिताको भेट स्वर्णका लागि पाकिस्तानकी कुल्सुनसँग भयो। पाकिस्तानकी कुल्सुन निकै छरितो खेलाडी थिइन्। उनी पनि श्रीलंकाली खेलाडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्।

पाकिस्तानकी कुल्सुनको खेल पनि राम्रोसँग नियालेका सोहिलका मनमा अनेक प्रश्नहरु उठिरहे। सोहिल भन्छन्, ‘निकै डर हुँदो रहेछ। यो मेरो पहिलो अनुभव हो। श्रीमतीले रिङमा उत्रिएर खेले पनि म नै त्यहाँ छु जस्तो महसुस भइरहेको थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

सुनिताले स्वर्ण पदक थापिसकेपछि आफ्नो श्रीमान भएठाउँ आइन्। अंकमाल गरिन्। सोहिलले सुनिताको निधार चुमे। दुवै भावुक बने। 

श्रीमतीको खेल भएकै कारण सोहिल अफिस बिदा मिलाएर सातदोबाटोस्थित कराते हलमा पुगेका थिए। 

६ वर्षसम्म प्रेम सम्बन्धमा रहेका सोहिल र सुनिताले बिहे गरेको साढे २ वर्ष भयो। प्लस टु पढ्दादेखि नै प्रेम सम्बन्धमा रहेका सोहिललाई सुनिता खेलाडी हुन् भन्ने पहिले नै थाहा थियो। पहिलेदेखि नै उनी जुनसुकै प्रतियोगिता हुँदा श्रीमतीको खेल हेर्न पुगिहाल्छन्।

Xtrem

Xtrem

सोहिल भन्छन्, ‘एकदमै खुसी छु। परिवारकै एउटा सपना पूरा भएको छ। मेरो पूरै सहयोग छ। काठमाडौंमा भएको सबै प्रतियोगितहरुमा पुग्ने गरेको छु। म हुँदा उनलाई हौसला पनि बढ्छ।’

असफलताले स्वर्ण दिलायो
सुनिताले कराते खेल्न थालेको १५ वर्ष पूरा भयो। तर यो अवधिमा उनका लागि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको नै यै एउटा साग हो।

हुन त उनले सन् २०१० मा पहिलो पटक दक्षिण एसियाली कराते च्याम्पियनसिप खेल्ने मौका पाएकी थिइन्। त्यसपछि उनको अन्तर्राष्ट्रिय प्रतियोगिता भनेकै केही दिन अघि बंगलादेशमा सम्पन्न पाँचौ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भाग लिएकी थिइन्।

राम्रो गर्दा गर्दै पनि ओझेलमा परेकी सुनितालाई अन्तर्राष्ट्रिय एरिनामा स्वर्ण जित्नु थियो। मंगलबार उनले त्यो सपना पूरा गरिन्।

‘एकदम खुसी छु। अरुले स्वर्ण पदक जितेको देख्दा मलाई पनि जित्छु भन्ने आत्मविश्वास थियो’, मेडल भिर्दै सुनिता सुनाउँछिन्।

स्वर्ण पदकसम्मको यात्रा गर्दा धेरै मेहेनत र दुःख सुनिताले झेल्नु पर्यो। लामो समयदेखि कडा परिश्रम गर्दै आए पनि क्लोज क्याम्पबाटै बाहिरिदै गर्ने गरेकी सुनितालाई यो पटक भने भाग्यले साथ दिएको थियो।

उनी भन्छिन्, ‘यहाँसम्मको मेरो यात्रामा धेरै दुःख गर्नु परेको छ। दुःख गरेअनुसारको नतिजा पहिले आइरहेको थिएन। जति मेहेनत गरेपनि चुकी रहेको थिएँ। त्यसको ईख पनि थियो।’
 

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  २१:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने
युवा नेता तिवारीले गरे कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
युवा नेता तिवारीले गरे कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म आइतबार, असोज १८, २०८३
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्