• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कुस्ती खेलका खेलाडीहरुलाई स्वागत गर्न जनकपुरबासी आतुर

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १७, २०७६  २१:०६
1140x725

१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पहिलोपटक जनकपुरमा हुन लागेको कुस्ती खेलका खेलाडीहरुलाई स्वागत गर्न जनकपुरबासी आतुर देखिएका छन्।

यतिखेर जनकपुरबासीको पुरा ध्यान प्रतियोगिता हुने स्थान जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित कभर्डहलमा केन्द्रित छ।

बिहानदेखि बेलुकासम्म श्रृङ्गारिएको कभर्डहल हेर्नेहरुको भीड नै लाग्ने गरेको छ।

भीड लाग्नु स्वभाविक पनि हो किनभने नेपाल सरकारले विसं २०४०मा निर्माण गरेको कवर्ड हलको ३६ वर्षपछि मर्मतसम्भार भएको छ। धनुषा जिल्ला खेलकुद विकास कार्यालय प्रमुख बिनोद सिंहका अनुसार सागको कुस्ती प्रतियोगिता जनकपुरमा हुने निश्चित भएपछि राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू कभर्डहलको अनुगमनका लागि पुगेको र अनुगमनपछि सो हललाई अन्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्ने हिसाबले तयार पार्न करिब ६० लाख रुपैयाँ खर्च हुने इस्टिमेट युवा तथा खेलकुद मन्त्रालयलाई पठाइएको छ। 

सिंहले ६० लाख रुपैयाँको खाँचो रहेको स्थानमा अहिले ३० लाख रुपैयाँमात्रै उपलब्ध गराइएको र बाँकी खेलपछि उपलब्ध गराउने बताएका छन्। उनले पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुँदा प्रदेश-२मा सरकारले अहिलेसम्म कुनै किसिमको सहयोग उपलब्ध नगराएको गुनासो गरे। उनका अनुसार स्थानीय सरकार जनकपुरधाम उपमहानरपालिकाले भने प्रचार प्रसारमा सहयोग गर्दै आएको छ।

खेलकुदका लागि जनकपुरधाममा एउटामात्र कभर्डहल रहेकाले दर्शकहरुको चाप अत्याधिक हुने र दर्शकलाई खेल हेर्नको लागि कभर्डहलको उत्तरी भेगमा एउटा ठूलो एलसीडी र एउटा जानकी मन्दिर परिसरमा ठूलो एलसीडी लगाईएको जसबाट दर्शकहरुले खेल हेर्न सक्ने जानकारी कार्यालय प्रमुख सिंहले गराए।

प्रतियोगिता आयोजना गर्न जिल्ला खेलकुद विकास समितिले संयोजन गरेको छ भने प्राविधिक तयारी केन्द्रले गरिरहेको छ। जनकपुरमा कुस्ती र कबड्डी खेल आयोजना गर्ने तयारी गरिएको थियो। तर राष्ट्रिय खेलकुद परिषद्ले भौतिक पूर्वाधारको अभाव देखाउँदै कुस्तीको लागि मात्र अनुमति दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

३ वटा स्वर्ण जित्न सक्ने सम्भावना

कुस्तीका सहायक प्रशिक्षक राजबीर यादवले कुस्ती यस क्षेत्रको मौलिक खेल भएको बताए। 
सागमा सार्कका सबै देशले भाग लिने बताए पनि नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका खेलाडीहरुले मात्र भाग लिएको यादवले बताए। उनले सागको कुस्तीमा पुरुष र महिला गरी ७५ जना खेलाडी सहभागी हुने जानकारी दिए। जसमध्ये पाकिस्तानबाट पुरुष खेलाडीहरुको मात्र सहभागी रहेको जनाए।

उनले पुरुष तर्फ ५७, ६१, ६५, ७०, ७९, ८६, ९२, ९७ र १ सय २५ केजी वर्गमा प्रतिस्पर्धा हुने र महिलातर्फ ५०, ५३, ५५, ५७, ५९, ६५ र ६८ केजी वर्गमा प्रतिस्पर्धा हुने बताए।

Xtrem

Xtrem

प्रशिक्षक यादवले भने, ‘नेपालले भने सात वर्गमा मात्र सहभागिता जनाउने भएको छ। पुरुष र महिला दुवैमा नेपालले सात वर्गमा मात्रै प्रतिस्पर्धा गर्ने भएको छ।’

उनले अहिलेसम्म स्वर्ण पदक जित्नबाट वञ्चित नेपालले १३औं सागमा स्वर्ण पदक जित्ने अपेक्षा गरिएको बताए।

उनले भने, ‘फ्रि स्टाइल प्रणाली अनुसार खेलाइने कुस्तीमा यसपटक पुरुषतर्फ तीन र महिला तर्फ कम्तिमा एक स्वर्ण पदक जित्ने पक्का छ।’

सबै तयारी पुरा

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले बताए। ‘युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जिल्ला खेलकुद विकास समितिको संयुक्त टोलीले प्रतियोगिताको आवश्यक तयारी पूरा गरेको छ’, उनी भन्छन्।

‘खेलका लागि कभर्डहलको मर्मतसम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्यालढोका निर्माण, स्टेज र बत्ती जडान, शौचालय निर्माण, दर्शकदीर्घा, भिआईपी कक्ष मर्मत लगायतका काम पूरा भइसकेको छ’, अध्यक्ष चौधरीले भने। 

उनले प्रतियोगितालाई लक्षित गरी खेलाडीको सुरक्षा, पाहुनाको स्वागत, प्रचारप्रसार, आवास व्यवस्थापन तथा खेल स्थलको सौन्दर्यकरण लगायतका व्यवस्थापकीय काम पूरा भएको जानकारी दिए। खेलमा सहभागी हुनेहरुको लागि स्थानीय आयोजक खेलकूद विकास समितिले आवास, भोजन र सुत्ने स्थानको लागि मापदण्ड अनुसारको होटलमा नै व्यवस्थापन गरेको उनले बताए।

अध्यक्ष चौधरीले खेलाडीहरुलाई मंसीर १८ गतेदेखि जनकपुर र बर्दिवासमा आवास र भोजनको बन्दोबस्त गरेको बताए। उनले खेलाडीहरुको विवरणअनुसार नेपालका खेलाडीहरुलाई जनकपुरस्थित सिटी स्टार होटेल, भारतका खेलाडीहरुलाई राजदरबार होटेल जनकपुर, बंगलादेशकालाई वेलकम होटेल जनकपुर पाकिस्तानको लागि पावन मिथिला होटेल बर्दिवासमा व्यवस्था मिलाइएको बताए।

प्रतियोगितालाई सभ्य र भव्य बनाउन खेलाडीदेखि प्रशिक्षकसम्म लागी परिरहेको सितोरियो करातेका प्रशिक्षक अखिलेश कर्णले बताए। उनले भने, ‘अन्तराष्ट्रिय स्तरमा समेत खेलको सकारात्मक सन्देश पठाउन सबैको सहकार्य आवश्यक छ।’

चिकिस्तक टिम ‘स्ट्याण्डबाई’ रहने

प्रतिस्पर्धाको क्रममा खेलाडीलाई चोटपटकसमेत लाग्न सक्ने भएकाले कभर्ड हलमै स्ट्याण्डबाई चिकित्सकको टिम राख्ने तयारी गरिएको छ।

क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैयास्थित जानकी मेडिकल कलेजका दुई चिकित्सक, एक फिजियोथेरापी, दुई स्टाप नर्स र दुई सहयोगी स्ट्याण्डबाई कभर्ड हलमा रहने अध्यक्ष चौधरीले जानकारी दिए। 
उनका अनुसार चोटपटक लागेका खेलाडीलाई होटलमै सेवा प्रदान गर्न चिकित्सकको मोवाइल टोली समेत परिचालन गरिनेछ।

यस्तै गम्भिर चोट लागेका खेलाडीका लागि जानकी मेडिकल कलेजमै एउटा आइसियु कक्ष समेत बुक गरिएको छ। खेलाडीको बिमाको व्यवस्था समेत मिलाइएको छ। खेलका क्रममा मृत्यु भएमा ५ लाख र घाइते भएकालाई ५० हजारको बिमा समेत गरिनेछ।

खेलाडीहरुलाई जनकपुर भ्रमण गराइने

मंसिर २० गतेबाट २३ गतेसम्म प्रतियोगिता हुनेमा मंसिर १८ गते नै खेलाडीहरु जनकपुरधाम आइपुग्ने भएको हुँदा उनीहरुलाई जनकपुरधाम भ्रमण गराइने भएको छ। जनकपुरधाम आएलगत्तै खेलाडीहरुलाई जनकपुरको धार्मिक पर्यटकीय स्थलहरू घुमाइने कार्यक्रम छ।

हामी भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा रहेको हुँदा पर्यटकीय स्थलहरूको प्रचार प्रसार र विकासका लागि खेलाडीलाई घुमाइने समितिका अध्यक्ष चौधरीले जानकारी दिए। उनका अनुसार खेलाडीलाई पर्यटकीय स्थलहरूमा घुमाउन भ्रमण वर्ष २०२०का प्रदेश-२ संयोजक मनिष झासँग समन्वय गरिएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने
युवा नेता तिवारीले गरे कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
युवा नेता तिवारीले गरे कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म आइतबार, असोज १८, २०८३
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्