• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत ७, २०८२ Sat, Mar 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

महिला भलिबल : नेपाल ऐतिहासिक रजतमै सीमित, भारतले जित्यो स्वर्ण

वेस्ट अफ फाइभमा पुगेको खेल तारिफयोग्य
64x64
नेपाल लाइभ मंगलबार, मंसिर १७, २०७६  १८:२२
1140x725

काठमाडौं- १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलको फाइनलमा नेपाल भारतसँग बेस्ट अफ फाइभमा पुगेर ३-२ले पराजित भयो। पहिलो सेट हारेको नेपालले त्यसपछिका दुई सेट लगातार जिते पनि पछिल्लो दुई सेट हार्न पुग्यो। 

भलिबलको इतिहासमा पहिलोपटक नेपाली टिम साग खेलकुदको फाइनल खेलेको हो। सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराएर नेपाली महिला टिमले ऐतिहासिक उपलब्धि पाएको थियो। फाइनलमा भारतलाई हराएर साग भलिबलमा पहिलो स्वर्णको इतिहास बनाउने अवसर भने चुकेको छ। 

सेमिफाइनलमा श्रीलंकालाई हराएपछि नेपाली टिमकी कप्तान अरुण शाहीले फाइनलका लागि हौसला बढेको र दबाबबिना खेलेर स्वर्ण जित्ने आश रहेको बताएकी थिइन्। उनले भनेजस्तै खेल देखिए पनि स्वर्ण भने आउन सकेन। बाजागाजासहित घरेलु समर्थकको हौसला पाएको टिम फाइनलमा प्रतिस्पर्धात्मक खेल देखाउँदा देखाउँदै पनि अभागी सावित भयो। पाँचौँ सेटमा सम्हालिन नसक्दा नेपालले खेल गुमाउन पुग्यो। 

यसअघि समूह चरणको खेलमा नेपाल भारतसँग नै सोझो सेटमा पराजित भएको थियो। पहिलो सेट प्रतिस्पर्धात्मक खेलेको नेपाल त्यसपछिको दुई सेटमा कमजोर बनेको थियो। समूह चरणमा नेपालले बंगलादेशलाई भने सोझो सेटमा हराएको थियो। 

यसअघि साग खेलकुदमा महिला टिमले नै तीनपटक कास्य पदक जितेको थियो। महिला टिमले नै सन् १९९९, २००६, २०१६ को सागमा कास्य पदक जितेको थियो। त्यसैले फाइनलमा भारतसँग पराजित भए पनि नेपालको रजत पदक ऐतिहासिक उपलब्धि हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा पहिलो सेटको सुरुवात प्रतिस्पर्धात्मक रह्यो। नेपालले लगातर दुई अंक ल्याउँदा भारतले लगातार तीन अंक ल्यायो। नेपालले तेस्रो अंक ल्याएपछि पुनः भारतले लगातार तीन अंक जोड्यो। त्यसपछि नेपालले खेलमा फर्कंदै लगातर तीन अंक जोड्यो। ७ बराबरीको प्रतिस्पर्धात्मक अवस्थाबाट बढेको पहिलो सेटमा नेपालको केही रिसिभ बिग्रिन पुग्दा भारतले ५ अंकको बढोत्तरीलाई अझ बढाउँदै लग्यो। र पहिलो सेटमा नेपाल १७-२५ ले पराजित भयो।


पहिलो सेटमा तालमेल बिग्रिएको नेपालको दोस्रो सेटमा सुरुवातमा प्रतिभा मालिले दुई सर्भिस नै भारतको कोर्टमा गिराइदिइन्। सम्हालिएको खेल देखाउँदै ७ अंक हुँदासम्म ३ अंकको अग्रता बनाए पनि त्यसपछि लगातार दुई अंक गुमायो। ८ बराबरीमा पुगेको खेलमा भारतले पहिलोपटक अग्रता बनाएर ९-८ मा लग्यो। त्यसपछि नेपालले १२ मा पुगेर बराबरी गर्न सक्यो। र, १३-१२ मा नेपालले बनाएको अग्रता १४ बराबरीमा पुग्यो। १७-१६ मा अंग्रता बनाएको नेपाल पुनः १७ बराबरीमा पुग्यो। 
रोमाञ्चक बनेको दोस्रो सेटमा नेपालले २१-१७ मा ४ अंकको अग्रता बनायो।

Ncell 2
Ncell 2

त्यसपछि भारतले एक अंक ल्यायो र नेपालकी कप्तान अरुणा र स्पाइकर प्रतिभा मालीको उत्कृष्ट तालमेलले नेपालले अर्को अंक जोढ्दै खेल २२-१८ मा लग्यो। त्यसपछि भारतले लगातार ३ अंक जोडेर खेल अझ रोमाञ्चक बनायो। महत्वपूर्ण अवस्थामा प्रतिभाको सर्भिस आउट जाँदा खेल २३-२२ मा पुग्यो। ४ अंकको अग्रता बनिसकेको सेटमा अंक गुम्दा नेपाल दबाबमा परे पनि सरस्वतीले खेल २४-२२ मा लगिन्। उनैको उत्कृष्ट स्पाइकमा नेपालले दोस्रो सेट २५-२३ ले जित्यो। 

तेस्रो सेटमा नेपालको खेलको सुरुवात प्रतिस्पर्धात्मक नै रह्यो। सुरुदेखि पछि परे पनि ७ बराबरीमा पुगेको खेलमा नेपालले अग्रता बनाएर खेल ८-७ मा लग्यो। बराबरकै स्थितिमा बढिरहेको खेलमा १३ बराबरीपछि नेपालले २ अंकको अग्रता बनायो। १६ बराबरीबाट बढेको खेलमा भारतले लगातार तीन अंक ल्यायो। पुनः नेपालले १७ बराबरी बनाएको खेलमा एक अंक जोडेर अग्रता बनायो। त्यसमा लगातार थप ३ अंक ल्याएर अग्रता ३ अंकको बनायो। त्यसमा १ अंक भारतले लैजाँदा अर्को १ अंक नेपालले थपेर खेल २२-१८ मा पुग्यो। प्रतिभाको उत्कृष्ट दुई स्पाइकले खेल २४-१९ मा पुग्यो। त्यसमा भारतले लगातार २ अंक जोडेर खेल २४-२१ मा पुग्यो। सेट २५–२१ मा नेपालले जित्यो। 

चौथो सेटमा पनि पछिल्लो दुई सेटमा जस्तै नेपालले प्रतिस्पर्धात्मक सुरुवात गर्दै बढ्यो। ५ बराबरीबाट बढेको खेल ८ बराबरी हुँदै नेपालले ९-८ को अग्रता बनायो। खेल पुनः १० बराबरीमा पुग्यो। १२-११ बनाउँदै अग्रता बनाएको भारतले खेल १३–११ बनायो। १३ बराबरीमा पुगेको खेलमा नेपाल १४-१७ ले पछि पर्‍यो।

भारतीय खेलाडीले सर्भिस मिस गर्दा अंक दुरी घटाएको नेपालले सरस्वती चौधरीको सर्भिस बिग्रँदा पुनः अंक गुमायो। २०-१७ ले पछि परेको नेपाल २२-१८ ले पछि हुन पुग्यो। चौथो सेट नेपालले २०-२५ ले हार्न पुग्यो। 

बेस्ट अफ फाइभमा पुगेको अन्तिम १५ अंकको सेटमा नेपालले पहिलो ३ अंक नै गुमायो। त्यसपछि पनि नेपाल पाँचौँ सेटमा सम्हालिन सकेन। भारतले ५ अंक जोडिसक्दा नेपालको १ अंक मात्रै थियो। त्यसपछि लगातार दबाबमा राख्दै भारतले अन्तिम सेट १५-६ ले  जित्यो। 

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै शनिबार, चैत ७, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
प्रदेश र स्थानीय तहलाई १ खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस शनिबार, चैत ७, २०८२
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्