भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब र शिवशक्ति क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार भएको सेमिफाइनलको अन्तिम खेलमा खुकुरीले देवदह क्रिकेट युनिट देवदहलाई १० विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेसँगै यी दुईबीच फाइनलमा प्रतिस्पर्धा हुने पक्का भएको हो ।
जितका लागि देवदहबाट १ सय ७ रनको लक्ष्य पाएको खुकुरीले ११ ओभर ३ बलमा विना विकेटको क्षति १ सय ८ रन बनाउँदै सानदार जित निकाल्यो । उसका लागि शंकर रानालो सर्वाधिक नटआउट ८१ तथा प्रज्वल थापाले नटआउट १६ रनको योगदान दिए।
यसअघि स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा २९ ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय ६ रनको समान्य योगफल तयार गरेको थियो । उसका लागि रोशन गौतमले २२, अर्जुन रायमाझीले १६ तथा सुरज दरईले १५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा म्यान अफ द म्याच समेत रहेका खुकुरीका लालबहादुर अधिकारीले ५ विकेट लिए । यस्तै साहव आलमले ३ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।