काठमाडौं– गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ। मन्त्रीस्तरको निर्णयानुसार सिडियोहरुको सरुवा भएको गृहमन्त्रालयले जानकारी दिएको छ।
सरुवा हुनेमा पर्सा, भक्तपुर, चितवन लगायतका छन्। पर्साका सिडिओ नारायण प्रसाद भट्टराईको चितवनमा सरुवा भएको छ भने चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ।
त्यस्तै, भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ।
अध्यामन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लक्ष्मण बहादुर खड्कालाई लमजुङको सिडिओ बनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।