काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा तेक्वान्दोको ६८ केजी तौल समूह मुनी बिरबहादुर महराले स्वर्ण पदक जितेका छन्।
सातदोबाटोस्थित तेक्वान्दो हलमा उनले पाकिस्तानका मोहम्मद फहिमलाई ४१–३६ अंकमा पराजित गर्दै स्वर्ण जितेका हुन्।
सुरुदेखि नै अग्रता बनाएको बिरबहादुरले दोस्रो राउण्डमा ७ अंकको अग्रता बनााएको थियो। अन्तिम तथा तेस्रो राउण्डमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै बिरबहादुरले स्वर्ण जितेका छन्।
यसअघि उनले सन् २०१६ मा भारतमा भएको १२औं साग खेलकुदमा १० सेकेन्ड सम्हालिएर खेल्न नसक्दा रजत पदक मै सीमित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।