काठमाडौं- १३औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा पाकिस्तानलाई ३-१ले हराउँदै भारतले स्वर्ण जितेको हो। पहिलो सेट पाकिस्तानले २५-२० अङ्कले जितेको थियो। त्यसपछि भारतले लगातार तीन सेट जित्यो। भारतले दोस्रो सेट २५-१५, तेस्रो सेट २५-१७ तथा चौथो सेट २९-२७ अङ्कले जितेको हो।
अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा महिला भलिबलतर्फ स्वर्ण पदकका लागि नेपाल र भारतबीच खेल भइरहेको छ। उक्त खेलको उपराष्ट्रपति नन्दबहादुर पुनले अवलोकन गर्दैछन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।