काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा तेक्वान्दोतर्फ नेपालकी निमा गुरुङ रजत पदक मै सीमित भएकी छिन्।
सातदोबाटोस्थित तेक्वान्दो हलमा मंगलबार भएको तेक्वान्दोको ५७ केजी तौल समूह मुनीको फाइनलमा निमा भारतकी कसिस मल्लिकसँग ८–७ अंकले पराजित हुँदै रजत पदक पाएकी हुन्।
निकै प्रतिस्पर्धात्मक भएपनि निमा अन्तिम खेलमा हार्न पुगेकी थिइन्।
यसअघि नेपालकी काजल श्रेष्ठले ४६ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।