काठमाडौं- १३औं सागको दोस्रो दिन सोमबार तेक्वान्दोतर्फ काजल श्रेष्ठले स्वर्ण जितेकी छन्।
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको फाइनलमा उनले पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।
उनले महिला ४६ केजी तौल समूह मुनी पाकिस्तानकी सायद जादीलाई पराजित गर्दै स्वर्ण हात पारिन्।
योसँगै नेपालले तेक्वादोमा ८ स्वर्ण पदक जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।