काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा करातेको ६८ केजी तौल समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छिन्।
सातदोबोटोस्थित कराते हलमा मंगलबार भएको फाइनलमा सुनिताले पाकिस्तानकी कुल्सुनलाई ८–२ अंकले पराजित गर्दै स्वर्ण जितिन्।
यसअघि सुनिता महर्जनले बंगलादेशकी मोरेम खातुनलाई १०–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्।
यता, पाकिस्तानी कुल्सुन भने श्रीलंकाकी खेलाडीलाई पराजित गर्दै फाइनलमा पुगेकी थिइन्।
योसँगै दोस्रो दिन नेपालले करातेमा ९ स्वर्ण, ३ रजत र २ कास्य पदक जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।