काठमाडौ- १३औं सागको क्रिकेटमा श्रीलंकाको यू–२३ टोलीसँग नेपाल पराजित भएको छ। नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो। खेलमा नेपालले श्रीलंकन टोलीलाई १७३ रनको लक्ष्य दिएको थियो। नेपालले दिएको लक्ष्य श्रीलंकाले १९ ओभर एक बल खेल्दा पुरा गरेको छ। ५ बल अघि नै नेपाली टोली पराजित भएको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङको मद्धतमा २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो।
नेपालको सुरुवात राम्रो भएन। नेपालको स्कोर २ रन हुँदा पारस खड्का व्यक्तिगत एक रनमा आउट भएका थिए। आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएपछि नेपालको इनिङ धरापमा परेको थियो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँग मिलेर नेपालको पारी उकासेका थिए।
दुवैले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । भण्डारी २१ रनमा आउट भएका थिए । त्यसपछि आएका पवन शर्राफसँग ६२ रनको अर्को महत्वपूर्ण साझेदारी गरेका थिए । पवन १३ बलमा २२ रन बनाएर आउट भए भने दीपेन्द्र ७२ रनमा अविजित रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।