काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ७५ केजी तौल समूहमा नेपालका गंगाराम कुशवा रजत पदकमै सीमित भएका छन्।
सातदोबाटोमा मंगलबार भएको फाइनलमा एसियन च्याम्पियन सादी अम्बाससँग नकआउट नै भए। ८–० को अंकमा पराजित हुदै गंगारामले रजतमै चिक्त बुझाए।
यसअघि गंगाराम कुशवाले भुटानका शेराब वाङचुकलाई ७–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।
पाकिस्तानका सादी अम्बासले श्रीलंकाका बन्दरिगोडेजलाई ६–१ ले पराजित गर्दै फाइनलमाम प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।