काठमाडाै- १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ६१ केजी तौल समूह मुनि नेपालकी अनु गुरुङले रजत पदकमा सीमित बनेकी छिन्।
सातदोबाटोमा मंगलबार भएको खेलमा बंगलादेशकी हुमाइरा अख्तरसँग ५–२ अंकले हार्दै रजत पदक जितेकी हुन्।
यसअघि अनु गुरुङले जयाकोदी डोनालाई ६–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्।
त्यस्तै, महिलातर्फ कै ५५ केजी तौल समूह मुनि मनिषा चौधरी कास्य पदकमा सीमित भइन्। उनी बंगलादेशका मार्जन अख्त्तरसँग २–१ ले पराजित भइन्।
मनिषालाई पराजित गर्दै फाइनल पुगेकी अख्त्तरले नै पाकिस्तानकी कौसार सानालाई ४–३ अंकले हराएर स्वर्ण जितिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।