पोखरा– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पोखरामा जारी ट्रायथलनमा नेपालले स्वर्ण र रजत पदक जितेको छ।
मंगलबार भएको प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका छन्। ट्रायथलनमा नेपालको पदक संख्या ४ पुगेको छ।
सोमबार सोनी गुरुङले ट्रायथलनमा स्वर्ण पदक जितेकी थिइन्। पुरुषतर्फ बसन्त थारुले कास्य पदक जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।