काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेमा नेपालका नविन रसाइलीले स्वर्ण पदक जितेका छन्।
मंगलबार सातदोबाटोस्थित कराते हलमा ६७ केजी तौल समूह मुनि भएको खेलमा खेलमा नविनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्।
यसअघि नविनले बंगलादेशका महम्मद फर्दुसलाई ८–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। पाकिस्तान अहमेद नासिरले भने श्रीलंकाका फ्रान्सिकु सिल्भालाई ७–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।
राजिवलाई कास्य
बंगलादेशका महम्मद अलामिनले ६० केजी तौल समूह मुनिमा स्वर्ण पदक जिते। उनले इकबर जफारलाई ७–३ ले पराजित गरे। यो तौल समूहमा नेपालका राजिव पुडासैनी बंगलादेशका अलामिनसँग ७–५ ले पराजित हुँदै कास्यमा सीमित भए। यसअघि पहिलो दिन नेपालले ९ स्वर्णको लागि भएको प्रतिस्पर्धामा ७ स्वर्ण र २ रजत पदक जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।