काठमाडौं– १३औं सागको उसु अन्तर्गतको खेलमा नेपालले दुई स्वर्ण जितेको छ।
नेपालका तर्फबाट उसुको तउलो छानछ्वानमा नेपालले स्वर्ण जितेको हो।
नेपालका तर्फबाट पुरुषमा विजय सिंजालीले पाकिस्तानका खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन्। उनले ९.४८ अंक ल्याउदै स्वर्ण जितेका हुन्।
त्यस्तै महिलातर्फ सुस्मिता तमाङले स्वर्ण जितेकी छन्। उनले बंगलादेशको खेलाडीलाई पछाडी पार्दै उसुमा स्वर्ण जितेकी हुन्। तमाङले ९.४४ अंक ल्याएर स्वर्ण जितेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।