• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सागमा आज १५ खेल हुँदै, कुन खेल कहाँ?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १७, २०७६  ०८:५९
1140x725

काठमाडाैं- नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३औं दक्षिण एसियाली खेलकूद (साग)अन्तर्गत आज काठमाडौं र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ।

भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ। ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ।

भलिबल– सागअन्तर्गत आज महिला र पुरुष दुवैतर्फको फाइनल खेल हुनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा हुने खेलमा महिलातर्फ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुँदैछ। नेपालले शनिबार भएको सेमिफाइनल खेलमा साविक उपविजेता श्रीलङ्कालाई ३–० ले लगातार पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। नेपाल दक्षिण एसियालीस्तरको सागको फाइनलमा प्रवेश गरेको यो नै पहिलो पटक हो। यसअघि नेपालले सागमा तीन पटक कास्य पदकमा जितेको थियो।

नेपाली टोलीका कप्तान अरुणा शाहीले फाइनलमा भारतविरुद्ध स्वर्ण जित्नकै लागि खेल्ने बताइन्। उनले भनिन्, 'हामीले फाइनल पुगेर इतिहास त रचेका छौँ तर हाम्रो लक्ष्य स्वर्ण जित्ने हो। त्यसका लागि हामीले तयारी गरेका छौँ।' शाहीकै कप्तानीमा नेपालले केही साताअघि बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो। खेल अपराह्न ४ बजे शुरु हुनेछ।

त्यस्तै पुरुषतर्फको भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्नेछन्। खेल अपराह्न १ बजे हुनेछ।

फुटबल– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पुरुष फुटबलमा दुई खेल हुनेछ। यसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ। उक्त खेल अपराह्न १ बजे हुनेछ। त्यस्तै अर्को खेलमा बङ्गलादेश र माल्दिभ्स भिड्नेछन्। उक्त खेल अपराह्न ५ बजे हुनेछ। राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।

क्रिकेट– साग क्रिकेटअन्तर्गत पुरुषतर्फको खेलमा नेपालले टेष्ट राष्ट्र श्रीलङ्काको यू–२३ टोलीसँग खेल्दै छ। खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ। त्यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनेछ।

उसु– आजदेखि शुरु हुने उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा हुनेछ। थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ। आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

सुटिङ– सुटिङ खेल पनि आजैदेखि शुरु हुँदैछ। सातदोबाटोस्थित सुटिङ हलमा हुने खेलमा नेपालको महिला टोलीले दुई खेलमा प्रतिस्पर्धा गर्नेछन्। पुरुष टोलीले ५० मिटर थ्री पोजिशन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदै छ। सुटिङतर्फ नेपालले पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ।

तेक्वान्दो– सोमबारदेखि शुरु भएको तेक्वान्दो खेलमा आज चार स्वर्ण पदकका लागि भिडन्त हुँदैछ। ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने खेलमा गेरुगीतर्फ चार स्वर्ण पदकका लागि भिडन्त हुनेछ। आज पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा प्रतिस्पर्धा हुनेछ। नेपालले सोमबार पुम्सेमा सात स्वर्ण पदक जितेको थियो। त्यस्तै ५४ केजीमा मनोज मल्ल र ६८ केजीमा वीरबहादुर महराले नेपालको चुनौती पेश गर्नेछन्। महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले खेल्नेछन्।

एथ्लेटिक्स– यसमा सात स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। खेल दशरथ रङ्गशालामा हुनेछ। खेल तालिकानुसार १०० मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ। यस्तै हाइजम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र १०० मिटर दौडको पुरुष महिलाको फाइनल खेल हुनेछ। त्यस्तै १० हजार मिटर पुरुषको फाइनल खेल पनि आजै हुनेछ।

खोखो– खोखोतर्फ आज सेमिफाइनलको खेल हुनेछ। सेमिफाइनलमा भारतले श्रीलङ्का तथा नेपालले बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

कराते– सागअन्तर्गत करातेमा सोमबार सात स्वर्ण जितेको नेपालले आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछ। उक्त खेल सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको कराते हलमा हुनेछ।

गल्फ– गोकर्ण फरेस्ट गल्फ क्लबमा आजदेखि शुरु हुने पुरुष व्यक्तिगततर्फ नेपाल, बङ्गलादेश, श्रीलङ्का र भुटानले प्रतिस्पर्धा गर्दैछन्। महिलामा नेपाल, बङ्गलादेश र श्रीलङ्का गरी तीन देशको मात्र सहभागिता छ।

टेबलटेनिस– सोमबारदेखि सुरु भएको टेबलटेनिसका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

टेनिस– सातदोबाटोस्थित टेनिस कोर्टमा हुने खेलमा टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन्। पुरुषमा नेपालले भारतसँग खेल्नेछ। भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको हो। महिला टिम इभेन्टमा नेपाल र श्रीलङ्का सेमिफाइनलमा पुगेका छन्। रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्