धनगढी- सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लोगो सार्वजनिक गरेको छ। मंसिर २० गते मन्त्रालयको आयोजनामा गर्न लागेको वित्तीय सम्मेलनको लोगो सार्वजनिक गरिएको हो।
सम्मेलनको तयारीबारे आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रदेश मन्त्रिपरिषद् बैठकले वित्तीय सम्मेलन आयोजनाका लागि गरेको निर्णय बमोजिम पहिलो पटक प्रदेशले वित्तीय सम्मेलन गर्न लागेको मन्त्री झपटबहादुर बोहराले बताए। उनले 'वित्तीय पहुँचको सुनिश्चितता प्रदेश सरकारको प्रतिबद्धता' मूल नारासहित सम्मेलन गर्न लागेको जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक आयोजना गर्न लागेको सम्मेलनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहने मन्त्री बोहराले बताए। सो सम्मेलनमा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, श्रम तथा रोजगारी मन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका गभर्नर विशेष अतिथिको रुपमा धनगढी आउन लागेको मन्त्रालयले जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।