जनकपुर- जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह गरिएकाे छ। प्रदेश सरकार, विश्व हिन्दु परिषद र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा सोमबार जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको हाे।
नवविवाहित जोडीलाई सम्मान पत्र प्रदान गरिएकाे थियाे। सामूहिक आदर्श विवाहमा सहभागी प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सम्मान पत्र प्रदान गरे।
तस्बिरमा हेर्नुहाेस् सामूहिक आदर्श विवाह
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।