काठमाडौं- माओवादी केन्द्रले संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले दलको प्रमुख सचेतकमा गुरुङलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो। ललितपुरको खुमलटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गुरुङलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको बताए।
‘सचेतकको पत्र बुझेको छैन, पार्टी अध्यक्षले अहिलेलाई दलको प्रमुख सचेतकको जिम्मेवारी दिने मौखिक ब्रिफिङ गर्नुभएको छ,’ बैठकपछि गुरुङले नेपाल लाइभसँग भने।
यस्तै बैठकले प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।