• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अनुको नकआउट गोल्ड

64x64
नेपाल लाइभ सोमबार, मंसिर १६, २०७६  २३:१६
1140x725

काठमाडौं- साग खेलकुदको ११औँ संस्करणमा खेलेर सक्दा कराते खेलाडी अनु अधिकारीको अनुहारमा आँशुले भरिएको निराशा देखिन्थ्यो। ठूलो हारबाट गुज्रिएको पीडा महसुस गरेकी उनी अहिले खुलेर हाँसेकी छन्। नौ वर्षअघिको पीडा भुलाएर। 

अहिले उनी गौरवान्वित हुँदै भन्छिन्, ‘राष्ट्रलाई स्वर्ण दिलाउँदा खुसीको सीमा छैन।’

अनु अधिकारीले सोमबार सातदोबाटोस्थित कराते हलमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेतर्फ कुमुते ५० केजी तौल समूहमा स्वर्ण जितिन्।

फाइनलमा उनले श्रीलंकाकी डन पाउलु बादल्गेलाई नकआउट नै गरिन्। निर्धारित समयभन्दा अघि नै ८–० को नतिजा सजिलै निकालिन्। अनुभन्दा अग्ली भए पनि चलाखीपूर्ण अनुले डन पाउलु लाई हराइन्। 

त्यसो त उनले फाइनल अघि बंगलादेशकी फमिदा अख्त्तरलाई पनि नकआउट नै गरिन्। निर्धारित समय भन्दा २ मिनेट अघि नै खेल समाप्त गरेकी अनुको अनुहारमा खुसीको अनौठो उचाइ स्पष्ट देखिन्थ्यो। 

उनी यतिधेरै खुसी हुनुको पछिको राज पुरानो हारसँगै जोडिएको छ। सन् २०१० मा बंगलादेशमा सम्पन्न ११औं साग खेलकुदमा उनले स्वर्ण नजिक पुगेर पनि हारेकी थिइन्। त्यसले उनमा एउटा इख बस्यो। त्यही इखले ९ वर्ष पछि स्वर्ण जित्न सकेको अहिले उनलाई नै लाग्छ।  
‘११औं सागमा रजत पदकमा चिक्त बुझाएँ। तर यो पटक स्वर्ण पदक जितेर निकै खुसी छु। राष्ट्रको नाममा स्वर्ण पदक लेखाएँ’ उनले भनिन्।

तर प्रतिस्पर्धा गर्न मैदान जानुअघि नतिजा के हुने हो भन्दै डर लागेको उनी सुनाउँछिन्, ‘सय प्रतिशत दिन्छु भन्नेमा म विश्वस्त थिएँ तर यस्तो नतिजा निकाल्छु जस्तो लागेको थिएन। पहिलेको जुन गल्तिहरु गरेको थिएँ त्यो गल्ती फेरि गर्दिन भन्ने लागेको थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

एउटा अनुभवि खेलाडीमा देखिएको आत्मविश्वास अनुमा देखिन्थ्यो। उनी नेपालका लागि निकै अनुभवि खेलाडी हुन्। त्यहि अनुभवले उनलाई विजयी बनायो।

‘बंगलादेश र श्रीलंका मेरो प्रतिस्पर्धीहरु निकै राम्रा नै थिए। श्रीलंकाको एकदमै राम्रो खेलाडी हो भनेर मलाई कोचहरुले सचेत गराउनु भएको थियो। त्यसैले निकै प्रतिस्पर्धात्मक हुन्छ होला भनेर सोचेको थिएँ। तर मैले नकआउट नै हानें।’
 
दंग कुसुम
साग खेलकुदमा स्वर्ण पदक विजेता कुसुम खड्का अनुजस्तै दंग छिन्। पहिलो पटक साग खेलकुदमा महिला ४५ केजी तौल समूह थप गरिएको हो। यहि तौल समूहमा स्वर्णको स्वाद चाखिन् कुसुमले।

कुसुम भन्छिन्, ‘राष्ट्रका लागि स्वर्ण जिताउन पाउँदा निकै खुसी लागिरहेको छ। जित्नै पर्छ भन्ने दबाब पनि थियो। जिते गर्व महसुस भइरहेको छ।’

Xtrem

Xtrem

कुसुमले फाइनलमा बंगलादेशकी मोन्जिरा बोर्नालाई ३–२ अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन्। त्यो भन्दा अघि उनले श्रीलंकाकी आराचिगेलाई ७–६ अंकले पराजित गर्दै फाइनल पुगेकी थिइन्।

पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रिङमा जादै गर्दा मुटु कामेको भए पनि खेल्दै जाँदा उर्जा मिलेको कुसुमले सुनाइन्। ‘रिङमा जानुअघि मुटु ढुकढुक भएको थियो। जिन्दगीमा अवसर थोरै आउँछ। त्यसैले पनि म नर्भस थिएँ। अवसर गुमाउँदिन भन्ने हिम्मत थियो। त्यही हिम्मतले सफल भएँ।’

यता, ५५ केजी तौल समूहमा स्वर्ण जितेका लक्ष्मण तामाङ आफूले पाएको अवसर सदुपयोग गरेको बताउँछन्। ‘एकदमै गौरव महसुस भइरहेको छ। अन्तर्राष्ट्रिय एक्सपोजर निकै थोरै नै थियो। त्यसैले मलाई डर भने लागिरहेको थियो। जे पनि हुन सक्थ्यो। तर आज मैले सावित गरे। निकै खुसी छु,’ २५ वर्षीय लक्ष्मणले भने।

करातेको पहिलो दिन ९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा नेपालले ७ स्वर्ण र २ रजत पदक जित्न सफल भयो। त्यस्तै, २ स्वर्ण भने पाकिस्तानको पोल्टामा गयो।

पुरुष एकल कातातर्फ मन्डेकाजी श्रेष्ठले स्वर्ण पदक जित्दै नेपाललाई १३औं सागमा पहिलो स्वर्ण दिलाउने खेलाडी बने। त्यसो त, पुरुष टिम कातातर्फ पनि नेपालले श्रीलंकालाई पराजित गर्दै स्वर्ण चुम्यो। जहाँ टिम कातामा मन्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण मानन्धर थिए।

त्यस्तै, महिला टिम कातामा पनि नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण चुम्यो। महिला टिम कातामा सरु कार्की, निर्मला तामाङ र संगीता मगरले २४.८८ अंक ल्याउँदा पाकिस्तानका खेलाडीले २३.३ अंक ल्याए।

नेपालका लागि ८४ केजी तौल समूह माथि भएको स्पर्धामा विप्लवलाल श्रेष्ठले स्वर्ण जिते। उनले पाकिस्तानका मोहम्मद बजलाई ६–५ को अंकमा पराजित गर्दै स्वर्ण दिलाएका थिए। 

 

स्टामिनाले चुक्यो दिवस
दिवस श्रेष्ठ नेपालका लागि स्वर्ण पदकको दाबेदार थिए। स्वर्ण पदक नै जित्छ भनेर खेलअघिसम्म अनुमान लगाइएको थियो।

८४ केजी चौल समूहमा भएको प्रतिस्पर्धामा बंगलादेशका मोहम्मद रमजनमाथि ६–१ को फराकिलो जितले पनि दिवसले स्वर्ण जित्ने आधारहरु बनेको थियो। तर उनी स्वर्ण नजिक पुगेर पनि चुके।

पाकिस्तानका अवाइस मोहम्मदसँग फाइनलमा दिवसको प्रतिस्पर्धा भइरहेको थियो। सुरुमै एक अंक बटुलेका दिवसले अन्ततः २–२ अंक बनाउँदा डिसक्वालिफाइ हुन पुगे। योसँगै पाकिस्तानका मोहम्मदले स्वर्ण जिते।

सागका लागि सुपरिवेक्षण प्रशिक्षकको जिम्मा पाएका दीपक श्रेष्ठ दिवसले स्वर्ण पदक जित्नबाट चुक्नुको मुख्य कारण स्टामिना नभएको बताए। उनले भने, ‘दिवस अनुभवि खेलाडी हो। स्वर्ण जित्छ भन्ने सबैको आश थियो। तर उनीमा फाइनलमा स्टामिनाको कमि देखियो। जितिसकेको स्वर्ण पनि यसै कारणले हार्यो।’

यता, एकल महिला कातातर्फ चञ्चला दनुवारले पनि रजत पदकमा चिक्त बुझाइन्। पाकिस्तानका खेलाडीसँग पराजित हुन पुगेकी चञ्चलाबाट पनि स्वर्णको अपेक्षा भने गरिएको थियो। प्रशिक्षक दिपक भन्छन्, ‘चञ्चलाले निकै उत्कृष्ट खेलिन् तर उनका प्रतिस्पर्धी नै निकै कडा थियो। त्यसैले हारिन्।’

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  २३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्