मिलान– युरोपा लिग फुटबल प्रतियोगिता अन्तर्गत इंग्लिस क्लब आर्सनलले इटालियन क्लब एसी मिलानलाई पराजित गरेको छ। लिगको अन्तिम १६ को पहिलो लेगमा आर्सनलले मिलानलाई २–० गोलले पराजित गरेको हो।
मिलानको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि हेनरिक म्खितरयार्नले १५ मिनेटमा गोल गरेर अग्रता दिलाए। पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा आरोन राम्सेले आर्सनलको अग्रता दोब्बर पारे।
अन्तिम १६ को पहिलो लेगको अर्को खेलमा स्पेनसि क्लब एट्लेटिको म्याड्रिडले रसियन क्लब लोकोमोटिभ मस्कोलाई ३–० गोलले पराजित गरेको छ। एट्लेटिकोका लागि निगुरेजले २२, डिएगो कोस्टाले ४७ र कोकेले ९० मिनेटमा गोल गरेका थिए।
जर्मन क्लब बोरुसिया डर्टमुन्ड भने पराजित भएको छ। डर्टुमन्डलाई आरबि साल्जवर्गले २–१ गोलले हराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।