काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह 'ए' मा तीन टिमले समान अंक जोडेका छन्।
समूहमा आयरल्यान्ड, वेस्ट इन्डिज र युएईले समान ४–४ अंक जोडेका छन्। आयरल्यान्ड र वेस्ट इन्डिजले समान २–२ खेल खेलेका छन् भने युएईले ३ खेल खेलेको छ।
पपुवा न्यूगिनी ३ खेलमै पराजित भएको छ भने नेदरल्यान्ड्सले पनि खेलेका दुवै खेलमा पराजित भएको छ।
बिहीबार भएको खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्यो। अर्को खेलमा युएईले नेदरल्यान्ड्सलाई पनि ६ विकेटले नै हरायो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।