इटहरी- बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अस्पतालमै राख्न अदालतले आदेश दिएको छ। विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत उनलाई सोमबार बिहान सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई व्हिलचेयरमा राखेर अदालत पुर्याइएको थियो।
अदालतले थप अनुसन्धानका लागि भन्दै ४ दिनको म्याद थप गरेको छ। म्याद थपपछि उनलाई प्रहरीको निगरानीमा पुनः अस्पतालमै राख्न अदालतले आदेस दिएको छ ।
उनलाई प्रहरीले आइतबार नै पक्राउ गर्ने तयारी गरे पनि हर्ट अट्याक भएको भन्दै उनी आइसियुमा भर्ना भएका थिए। सोमबार भने उनको स्वास्थ्यमा सुधार भएको थाहा पाएपछि प्रहरीले आइसियुबाटै पक्राउ गरेको हो ।
आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो । महिलाले गत मंगलबार जाहेरी दिएपछि विषय बाहिर आएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।