सुरुङ्गा, झापा - तेस्रो रमपम झापा गोल्डकपअन्तर्गत आज सम्पन्न खेलमा गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीका जर्ज प्रिन्स कार्कीले ४२ औंँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।
खेलको दोस्रो हाफमा पुलिसले आर्मीलाई दवावमा राखे पनि गोल गर्न नसक्दा आर्मीले अघिल्लो चरणको यात्रा तय गरेको हो । प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ गोलकर्ता कार्की नै घोषित भए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा शुक्रबारदेखि सेमीफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनल खेल आयोजक झापा ११ र रुस्लान थ्री स्टार क्लबबीच हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।