काठमाडौं- नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने बताएका छन्।
नेपाल महिला संघले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले स्थानीय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको टिप्पणी गरे।
'संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध छ, महिला सशक्तीकरण गर्न आर्थिक, सामाजिक पक्षमा ध्यान दिनुपर्छ', उनले भने।
कार्यक्रममा कांग्रेसका तर्फबाट राष्ट्रियसभाका महिला सांसदहरु धना खतिवडा, तारादेवी भट्ट, अनिता देवकोटा, मुक्ताकुमारी यादव र सरिता प्रसाईं एवं प्रदेशसभाका महिला सांसदलाई सम्मान समेत गरिएको थियो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।