काठमाडौं– अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद साहजादले आइसिसी विश्वकप छनोटका आगामी २ खेल गुमाउने भएका छन्।
छनोटअन्तर्गत मंगलबार जिम्बावे विरुद्धको सनसनीपूर्ण प्रतिस्पर्धामा खेल नियम विपरितको व्यवहार देखाएको भन्दै उनको ३ अंक घटाइएको आइसिसीले जनाएको छ। साथै उनलाई शतप्रतिशत म्याच फि पनि जरीवाना गरिएको छ। २४ महिना भित्र दोस्रो पटक कारबाही बेहोरेका कारण उनी अब २ खेलको प्रतिबन्धमा पर्न लागेका हुन्। यसअघि उनलाई युएई विरूद्धको खेलमा पनि कारबाही गरिएको थियो।
योसँगै साहजादले अब विश्वकप छनोटमा बिहीबार हङकङ र शनिबार नेपाल विरुद्धको खेल गुमाउने पक्का भएको छ।
जिम्बावे विरुद्धको खेलमा ३० रनमा आउट भएपछि उनले पीचमा ब्याट नराम्रोसँग बजारेका थिए।
खेलमा अभद्र व्यवहार गरेका जिम्बावेका ब्रेन्डन टेलरको १५ प्रतिशत म्याच फि र १ अंक घटाइको छ भने अफागनिस्तानका मुजिव रहमानको ५० प्रतिशत म्याच फि र ३० मेरिट अंक घटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।