काठमाडौं- कम्पनी रजिष्ट्रारको कार्यालय सहायक रजिष्ट्रार सिताराम खड्का उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ भष्ट्रचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
खड्काले सेवाग्राहीसँग कार्यालय परिसरमा घुस रिसवत लेनदेन गरिरहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
खड्काले कम्पनीसम्बन्धी प्रशासनिक कामको सिलसिलामा कार्यालयमा आएका सेवाग्राहीको काम गरेबापत सेवाग्राहीबाट बीस हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको अरोपपत्रमा उल्लेख छ।
यसैगरी अर्का सहायक रजिष्ट्रार टंकबहादुर भट्टराईले पनि सेवाग्राहीसँग कार्यालय परिसरमा घुस/रिसवत लेनदेन गरिरहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। साथै सेवाग्राही सुनिल आचार्यले घुस लेनदेनमा सहयोग गरेको भन्दै तीनै जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।