• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ २६, २०८२ Mon, Feb 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विश्वकप छनोट : नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  ०२:२२
1140x725

नेपाल भर्सेस स्कटल्यान्ड 
स्थान– क्विन्स स्पोट्स क्लब, बुलावायो, जिम्बावे
प्रतिस्पर्धा–  एकदिवसीय विश्वकप छनोट, म्याच ११
मिति– फागुन २४ गते बिहीबार, दिउँसो : १:१५ बजे

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटको सुरुवाती दुई खेलमा जित निकाल्दै समूह 'बी' को शीर्ष स्थानमा रहेको स्कटल्यान्डसँग नेपालले बिहीबार प्रतिस्पर्धा गर्दैछ।

गत संस्करणको छनोटको विजेता स्कटल्यान्डले पहिलो खेलमा सानदार जित निकाल्यो। पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको अफगानिस्तानमाथि ७ विकेटको जित निकालेको स्कटल्यान्डले पहिलो दिन आफु बलियो भएको सन्देश दिएको थियो। दोस्रो खेलमा पनि हङकङसँग स्कटल्यान्डको फर्म उस्तै देखियो। पहिले ब्याटिङ गरेको हङकङलाई स्कटल्यान्डले ९१ रनमै अलआउट गरेको थियो। यद्यपी झिनो लक्ष्य भएपनि स्कटल्यान्डले ६ विकेट गुमाएर पार गरेको थियो।

अफगानिस्तान विरुद्धको खेलमा नटआउट १ सय ५७ रन प्रहार गरेका कोलुम म्याकलियोर्ड स्कटल्यान्डका भरपर्दा ब्याट्सम्यान हुन्। यस्तै हङकङ विरुद्ध टम सोल र एलास्डयर इभान्सले उत्कृष्ट बलिङ गरे। ४ विकेट लिन १५ रन मात्र खर्चिएका सोल खेलको म्यान अफ दि म्याच बनेका थिए। पहिलो खेलमा चुकेका कोइटर पनि स्कटल्यान्डको ब्याटिङ लाइनअपका खम्बा हुन्। यी खेलाडीले नेपालका लागि बाधक बन्न सक्छन्।

अर्को तर्फ स्कटल्यान्डले सुरुवातै दुवै खेल सहज रुपमा जितेको थियो। ब्याटिङतर्फ मध्यक्रम राम्रोसँग चल्नु र दुवै खेलमा फरकफरक बलर चम्कनु स्कटल्यान्डको बलियो पक्ष हो। 

पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपालले चार दिन आराम गरेपछि दोस्रो खेल खेल्दैछ। पहिलो खेलमै टेस्ट मान्यता प्राप्त टिमसँग प्रतिस्पर्धा गरेको नेपालको बलिङ अपेक्षाकृत हुन सकेन। तर ब्याटिङमा भने नेपालले सुदृढ प्रदर्शन गर्‍यो। खेलमा आरिफ शेख र सरद भेषावकरले अर्धशत प्रहार गरेका थिए।

नेपालका प्रशिक्षक जगट टमाटा पनि पहिलो खेलबाट अनुभव प्राप्त गरेकाले दोस्रो खेलमा दबाबरहित खेल्नेमा विश्वस्त छन्। उनले दोस्रो खेलमा जितका लागि खेल्ने जिम्बावेबाट नेपाल लाइभलाई बताए।

आइसिसीले नेपाललाई ठूलो टिम विरुद्ध कसरी जित निकाल्ने थाहा भएको विश्लेषण गरेको छ। आइसिसीको विश्लेषणको आधारमा पहिलो दुई खेलमा सानदार जित निकालेको स्टकल्यान्डलाई नेपालले पराजित गरे त्यो सामान्य हुनेछ। 

Ncell 2
Ncell 2

मैदानको अवस्था 
बुलावायो मैदानमा जिम्बावेले पहिलो खेलमा ३ सय ८० रन बनाएको थियो। यही मैदानमा जिम्बावेले १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई रोक्न सफल भयो। त्यसैले पीचको अवस्थाको पूर्वानुमान गर्न कठिन छ। तर दुवै खेलमा स्पिनरले राम्रो प्रदर्शन गरेका छन्। नेपाल र स्कटल्यान्डबीचको खेलमा पनि स्पिनरले राम्रो प्रदर्शन गर्न सक्नेछन्। 
 

हेड टु हेड

स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ। पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ। 

सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। न्युजिल्यान्डको क्विन्सटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ७ विकेटको क्षतिमा २ सय ४९ रन जोडेको थियो। २ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले १ सय ५९ रन मात्र बनाउन सक्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३४ रन बटुलेका थिए।

सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए। स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भयो। पहिलो खेलमा स्कटल्यान्डले नेपालमाथि ३ रनको झिनो अन्तरको जित निकाल्यो। ३६ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २ सय ३५ रन जोडेको थियो। जवाफमा नेपालले ५ विकेटको क्षतिमा २ सय ३२ रन मात्र जोड्न सक्यो। खेलमा नेपालका ओपनर अनिल मण्डलले शतक र कप्तान पारस खड्काले ७० रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन।

दोस्रो खेलमा नेपाल ९ विकेटले पराजि भयो। पहिले ब्याटिङ गरेको नेपाल १ सय ६७ रनमा अलआउट भयो। खेलमा नेपालका लागि शरद भेषावकले सवैभन्दा बढी ३० रन जोडेका थिए।  वर्षाले प्रभावित खेलमा स्कटल्यान्डका लागि १ सय ११ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य स्कटल्यान्डले १ विकेटको क्षतिमा पार गरेको थियो। 


नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।

स्कटल्यान्ड टिम 
केल कोइट्जर, रिची बेरिङटन, माथ्यु क्रस, एलास्डयर इभान्स, मिचेल जोन्स, मिचेल लेइस्क, कोलुम म्याकलियोर्ड, जर्ज मुन्सी, साफयान शरिफ, क्रिस सोल, टम सोल, क्रिस वालन्स, मार्क वाट, ब्राड ह्विल, स्टुवार्ड हिटिङघम। 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  ०२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्यटन मन्त्री सिन्हा र क्युसीसीआई प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
दुई सय रन पार गर्ने पहिलो टिम बन्यो स्कटल्यान्ड, इटालीलाई २०८ रनको विशाल लक्ष्य
रास्वपा लक्षित प्रचण्डको टिप्पणी– सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन
सम्बन्धित सामग्री
बालेनको घरबाट चोरी गर्ने तीन जना पक्राउ, एक जना जेन–जी आन्दोलनमा नख्खु कारागारबाट भागेका थिए पक्राउ पर्नेमध्ये एक जना जेन–आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी रहेको खुलेको छ । पक्राउ परेकामध्ये मनिष राजवाहक गत भदौ २४ गते जे... आइतबार, माघ २५, २०८२
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय गृह मन्त्रालयमा आज शुक्रवार केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही... शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द... शुक्रबार, माघ २३, २०८२
ताजा समाचारसबै
पर्यटन मन्त्री सिन्हा र क्युसीसीआई प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता सोमबार, माघ २६, २०८२
दुई सय रन पार गर्ने पहिलो टिम बन्यो स्कटल्यान्ड, इटालीलाई २०८ रनको विशाल लक्ष्य सोमबार, माघ २६, २०८२
रास्वपा लक्षित प्रचण्डको टिप्पणी– सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन सोमबार, माघ २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
जापानमा सत्तारुढ गठबन्धनले ल्यायो सानदार बहुमत सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्