काठमाडौं– मिडिया काउन्सिलका विवादित विषयमा सुझाव पेश गर्न गठित समितिले उपसमितिले सुझाव संकलन गरेर प्रतिवेदन बुझाएको छ। संकलित सुझावलाई सार संक्षेपमा प्रस्तुत गरेको समितिले विवादित विषयलाई सुल्झाउने ‘निष्कर्ष’ भने दिने सकेन।
विभिन्न १४ विषयमा समस्या रहेको भन्दै समस्या सुल्झाउने गरी उपसमितिलाई छलफल र अध्ययन गर्न भनिएको थियो। उपसमितिले सरोकारवालाहरुसँग छलफल र पेशागत काउन्सिलहरुका ऐन अध्ययन गरेको थियो।
सांसद ठगेन्द्र प्रकाश पुरी नेतृत्वको उपसमितिले अध्ययनबाट समस्या समाधानका उपाय नसुझाइ समितिलाई प्रतिवेदन बुझाएको छ। आइतबार उपसमितिका संयोजक पुरीले समिति सभापति पर्शुराम मेघी गुरुङलाई प्रतिवेदन बुझाएका हुन्। उपसमितिको प्रतिवेदनलाई समितिले आफ्नो सम्पत्तिको रुपमा ग्रहण गरेको छ।
प्रतिवेदनमा सरोकारावालाहरुले दिएका सुझावहरु समेटिएका छन्। ती सुझावहरुले समितिमा छलफल भइरहेको विधेयकमाथि थप विभिन्न कोणबाठ छलफल गर्न भने सघाउनेछन्।
समितिलाई बुझाइएको उपसमितिको प्रतिवेदनमा विवादित विषयमा यस्ता छन् सुझावः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।