पोखरा- पोखरा महानगरपालिका–२० मौजाको विसौनामा माटोको ढिस्कोमा पुरिएर कम्तिमा तीन जनाको मृत्यु भएको छ। आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर उनीहरुकाे मृत्यु भएकाे हाे।
अन्य केही पुरिएको आशङ्का गरिएको छ। सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शव बाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए।
अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन्। पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उनले जानकारी दिए।
अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।