पेरिस– युरोपियन च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुल क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
रियलले फेञ्च महारथी क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई समग्रमा ५–२ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो। पहिलो लेग ३–१ गोलले जितेको रियलले दोस्रो लेगमा पिएसजीलाई २–१ ले पराजित गर्यो।
मंगलबार राति भएको खेलमा रियलका लागि क्रिस्टियानो रोनाल्डोले ५१ र कासिमेरोले ८० मिनेटमा गोल गरेका थिए।
त्यसअघि खेलको ६६ मिनेटमा पिएसजीका मार्को भेराटीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । ५ मिनेटपछि इडिन्सन काभानीले बराबरी गोल फर्काएर पिएसजीलाई राहत दिलाए। तर कासीमिरोले गोल गरेर रियललाई जित दिलाए।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको अर्को खेलमा लिभरपुल र एफसी पोर्टोले गोलरहित बराबरी खेले। यद्यपी पहिलो लेगमा ५–० को जित निकालेको लिभरपुल अन्तिम आठमा पुग्न सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।