काठमाडौं- तीनै तहका ५२ पदका लागि विभिन्न स्थानमा भएको मतदानमा ६५ प्रतिशत मतदान भएको छ।
बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा समग्रमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको हो।
शनिबार साँझ पत्रकार सम्मेलन गरी आयोगले सबैभन्दा बढी रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पाको थबाङमा मत खसेको जानकारी गराएको हो।
आयोगले यो प्रारम्भिक तथ्यांक भएको बताएको छ। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि केही मतदानस्थल नजिकै सामान्य घटना भएको निर्वाचन भएको आयोगले उल्लेख गरेको छ।
आयोगले निर्वाचनमा अपेक्षाकृत कम मत खसेको बताएको छ।
उसले यसमा आयोगले अध्ययन गर्ने समेत बताए।
२०७४ सालमा विभिन्न समयमा तीनै तहको निर्वाचन भएको थियो।
सोहीमध्ये विविध कारणले ५२ पद रिक्त भएका थिए।निर्वाचन भएका स्थानको मतपेटिका संकलन गरेर राजनीतिक दलहरुबीच सहमति गरी बेलुकादेखि मतगणना सुरु गरिने आयोगको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।