काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेट गरेका छन्।
ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अध्यक्ष प्रचण्डले मनमोहन कार्डियक थोरासिक एण्ड भास्कुलर सेन्टरमा भेट गरेका हुन्। प्रचण्डले साढे छ बजेपछि प्रधानमन्त्री ओलीसँग भेटेका हुन्।
प्रमको एपेन्डिक्सको शल्यक्रिया भएको आज तेस्रो दिन पूरा भएको छ।
उनको स्वास्थ्यमा अहिले सुधार आएको निजी चिकित्सक डा दिव्या सिंह शाहले बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।