कागती पानी पिउने : पेटमा धेरै ग्याँस भएको अवस्थामा कागती पानी पिउनाले पेटको ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी पिउनाले पेटमा ग्याँस कम हुन्छ।
कार्बोहाइड्रेट कम खाने : पेटमा ग्याँस जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।
दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ।
प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्याँस जम्मा हुन पाउँदैन र शरीरमा समेत पानीको सन्तुलन कायम राख्छ। तर‚ पानीको सट्टा कोक, फेन्टाजस्ता चिसा पेय पदार्थ पिउनु हुँदैन। यसले पेटमा ग्याँस बढाउँछ।
लसुन पानी पिउने: बिहान उठ्नासाथ दुई-तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।
समयमा खाना खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खानु फाइदाजनक हुन्छ। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।