रुकुमपूर्व- रुकुमपूर्वमा जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। मृत्यु हुनेमा रुकुमपूर्व भूमे गाउँपालिका-२ खावाङकी तीन वर्षीया बालिका निसीम पुन रहेकी छन्।
कर्णाली प्रदेशको रुकुमपश्चिम मुसिकोटबाट रुकुमपूर्वको तकसेरा जाँदै गरेको रा १ ज ४४४ नम्बरको जिप भूमे गाउँपालिका-३को जीतखोलास्थित सडकमा पल्टिएको हो।
घाइते हुनेमा सिस्ने गाउँपालिका-७की ३१ वर्षीया सुनिता बुढा, भूमे गाउँपालिका-२की ४० वर्षीया मनकुमारी पुन, भूमे-२की ३३ वर्षीया कुमारी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।
उनका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिका-१२ कोलकी १८ वर्षीया शान्ती सुनाम, सोही ठाउँकी ३० वर्षीया नन्द पुन, ५२ वर्षीया पूर्णसिंह पुन, सोही गाउँपालिका-१२का ३७ वर्षीय लोकेन्द्र पुन, २५ वर्षीय विरोध पुन र गाडी चालक भूमे गाउँपालिका-७ गुनामका ३९ वर्षीय मुलमान विक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।