विराटनगर– खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी छाडेको भन्दै पीडितहरु आक्रोशित बनेका छन्।
विराटनगरमा ३५ वर्षीय रामेश्वर महतो र उनका छोरा २० वर्षीय सञ्जय महतोले मंगलबार पत्रकार सम्मेलन गरी कारबाहीको माग गरेका हुन्। हाटखोलामा मदिरा पसल सञ्चालन गरी बस्ने राजनन्दन यादव भन्ने भट्टा यादवले यही फागुन १८ गते साँझ एक्कासी खुकुरी प्रहार र लट्ठीले कुटपिट गर्नुका साथै श्रीमती र बहिनीलाई कुटपिट गरेको उनीहरुले बताएका छन्।
कुटपिट गर्ने भट्टा यादवलाई प्रहरी कार्यालय हाटखोलाले सोही दिन पक्राउ गरी अर्को दिन छोडेकामा आपत्ति जनाउँदै उनीहरुले यादवलाई कारबाही र आफूहरुको औषधि उपचार खर्च उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
घाइते सञ्जय महतोको टाउको र हातमा चोट लागेकाले स्थानीय कोशी अञ्चल अस्पतालमा उपचार गराएको बताएका छन्। महतोद्वय दैनिकी मजदुरी ज्यालामा काम गर्ने कामदार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।