रुपन्देही– १२ वर्षिय किशोरीलाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई सर्वश्वसहित जन्मकैद सजायको माग गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। रुपन्देही प्रहरीले संदिप कुमार धोबीविरुद्ध यस्तो समाज माग गरेको हो।
गत गत माघ २२ गते रुपन्देहीको कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षिय बालिकालाई बलात्कारपछि हत्या गरेका थिए।
खेतमा घाँस काट्न गएकी उनलाई बलात्कार गरेपछि उनले नै लगाएको चुन्नीले घाँटी कसेर हत्या गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान गरी धोबीलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।