काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केकसहित जन्मदिनको शुभकामना दिएका छन्। मंगलबार बेलुकी बालुवाटारमा पार्टी स्थायी समिति बैठक सुरु हुनुअघि नेपाललाई 'सरप्राइज' केक दिएका हुन्।
माधव नेपालको अंग्रेजी पात्रो अनुसार मंगलबार जन्मिदिन परेको हो।
उनी ६५ वर्ष पूरा भएका छन्। उनको जन्म २००९ फागुन २३ मा रौतहटमा भएको थियो।
यसैबीच, एमाले स्थायी समिति बैठक सुरु भएको छ। आजको बैठकले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने अपेक्षा गरिएको छ। वर्तमान राष्ट्रपति विद्या भण्डारी र अर्का वरिष्ठ नेता झलनाथ खनाल राष्ट्रपतिको आकांक्षी देखिएका छन्। मतदान भएमा नेपाल नै निर्णायक बन्ने आन्तरिक समीकरण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।