काठमाडौं– राष्ट्रपतिको निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीको क्रममा मंगलबार निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको छ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनलाई मर्यादित रुपले सम्पन्न गर्न सुरक्षा निकायले योगदान पुर्याएको भन्दै धन्यवाद दिएको आयोगद्वारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ।
बैठकको अध्यक्षता गरेका उच्च स्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक तथा निर्वाचन आयुक्त सुधीर कुमार शाहले राष्ट्रपतिको निर्वाचनमा पनि सुरक्षा निकायले त्रुटीरहित ढंगले निर्वाचनको सबै प्रक्रियामा सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे।
बैठकमा निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, गृह सचिव मोहनकृष्ण सापकोटा, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद केसी एवं सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि तथा आयोगका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।