काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा छतबाट खसेर एक बालकको मृत्यु भएको छ।
अनुप भण्डारीको १७ महिनाको छोरा आभासको घरको दोस्रो तलाको कौशीबाट खसेर मृत्यु भएको हो। सोमबार खेल्ने क्रममा कौशीबाट खसेर गम्भीर घाइते भएका आभासको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।