एजेन्सी- मस्जिद र मुसलमान समुदायको व्यापारमाथि शृंङ्खलाबद्ध आक्रमण भएपछि श्रीलंकामा संकटकाल लागू गरिएको छ।
कौंडी सहरका केही इलाकामा कर्फ्यु समेत लगाइएको छ।
वौद्ध धर्म मान्ने सिंहला समुदायले मुसलमानका पसलमा आक्रमण गर्दै आगजनी गरेका छन्। एउटा जलेको भवनमा एक मुस्लिम व्यक्तिको शव भेटिएको छ। उक्त घटनापछि श्रीलंकाली सरकारले संकटकाल घोषणा गरेको हो।

एक हप्ताअघि ट्राफिक रेड लाइटमा भएको झगडापछि केही मुसलमानले एक वौद्ध युवालाई कुटपिट गरेका थिए। त्यसपछि सुरु भएको तनाव जारी छ।
पछिल्लो हप्ता श्रीलंकाको पूर्वीय सहर अमपारामा मुस्लिम विरोधी हिंसा भएको थियो।
श्रीलंकामा सन् २०१२ बाट सांप्रदायिक तनावको स्थिति बढ्न थालेको छ। जानकारहरुका अनुसार एक कट्टरपन्थी वौद्ध संगठन बिबिएसले यस तनावलाई बढावा दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।