नयाँ दिल्ली- भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।
विवाह भोजमा सहभागी हुने व्यक्ति सवार ट्रक सडकबाट गहिरो खोँचमा खसेको स्थानीय प्रहरीले जनाएको छ।
गुजरात राज्यको भावनानगर क्षेत्रमा साे दुर्घटना भएको हाे।
मृत्यु हुनेमा विशेषगरी महिला तथा बालबालिकाको संख्या बढि रहेको स्थानीय अधिकारीहरुले जनाएका छन्।
दुर्घटनामा परि करिब एक दर्जन यात्रु घाइते भएको बताइएको छ। घाइतहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका वरिष्ठ अधिकारीहरुसमेत दुर्घटनास्थलमा पुगेर उद्दार तथा दुर्घटनाको अनुसन्धानमा लागेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।