काठमाडौं– अखिल (क्रान्तिकारी) कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवनले सहिद सप्ताहको अवसरमा सहिद मित्रमणी आचार्य, मुकुन्द न्यौपाने र रामबहादुर खड्काको स्मृतिमा आयोजना गरेको मिमुरा कपअन्तर कलेज फुटबल प्रतियोगिताको उपाधि सहिद स्मारक कलेजको 'बी' टिमले जितेको छ।
सोमबार भएको फाइनलमा सहिद स्मारक कलेज बीले सहिद स्मारक एलाई टाइब्रेकरले हरायो। उपाधिसँगै उसले नगद ५५ हजार पाँच सय प्राप्त गरेको छ। उपविजेताले नगद ३३ हजार ३ सय हात पारे। प्रतियोगिताका विजयी खेलाडीहरुलाई अखिल (क्रान्तिकारी) उपाध्यक्ष दिपेश पुनले नगद, प्रमाणपत्र र मेड प्रदान गर्दै बधाई दिए।
म्यान अफ द म्याच सहिद स्मारक कलेज बीका रविन्द्र श्रेष्ठ भए। ७ गोल गरेका सहिद स्मारक कलेज एका विमल तामाङ उच्चगोलकर्ता तथा अफ दि सहिद स्मारक कलेज एका अस्विन पाख्रिन उत्कृष्ट खेलाडी भए। त्कृष्ट गोलकिपर आयोजकका सुवोघ पोख्रेल भएका छन्। प्रतियोगितामा कुल १६ कलेज सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।